कोरोनाको प्रकोप : अमेरिकामा घट्दै कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ६९ हजार २९० जनाको मृत्यु भएको छ भने ३ करोड १४ लाख ८० हजार ५१७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ३१ लाख ९ हजार ५९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६१ हजार ८०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ४ हजार ५०६ जनालाई कोरोना संक्रमण भएको छ भने ७० लाख ४६ हजार २१६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४२ लाख ९९ हजार ५२५ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ४२ हजार १८५ जना उपचाररत छन् । अमेरिकामा १४ हजार ४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १५ हजार ७१ जनाको मृत्यु भएको छ भने ७ लाख ९० हजार ६७९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा १५ हजार २५४ जनाको मृत्यु भएको छ भने ७ लाख ३३ हजार १७३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म १३ हजार ३२४ जनाको मृत्यु भएको छ भने ६ लाख ८५ हजार ४३९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै सोमवार अमेरिकामा ३६ हजार ३७२ जनालाई संक्रमण भएको छ भने ३८८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?