यी ५ देशमा छन् विश्वकै सबै भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ६६ हजार ७ सय १० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड १३ लाख ५८ हजार ८२ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड २९ लाख ३६ हजार ४ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ३ सय ९५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख ४ हजार २ सय ३२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १२ हजार ९ सय ९० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७० लाख १७ हजार ७ सय ५८ पुगेको छ । हालसम्म ४२ लाख ६९ हजार ७ सय ६५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ३१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय १४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ४५ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५५ लाख २३ हजार ९ सय १७ पुगेको छ । हालसम्म ४४ लाख ४० हजार ७ सय ७५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय ३६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा २ हजार ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४५ लाख ४७ हजार १ सय ५० पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३६ हजार ९ सय ९७ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३८ लाख ५१ हजार २ सय २७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय २ जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९ हजार ४ सय १८ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार १ सय ९६ जनामा कोरोना पुष्टि भएको र ७१ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ११ लाख ९ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ९ लाख ११ हजार ९ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा ३१ हजार ३ सय ६९ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख ६८ हजार ८ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ६ लाख १५ हजार २ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय २५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?