लद्दाखका ६ पहाडमा भारतले कब्जा गरेको भारतीय सञ्चारमाध्यमको दाबी !

काठमाडौं । पूर्वी लद्दाखमा चीन सीमामा भारतीय सेनाले पछिल्लो २० दिनमा ६ पहाडमा आफ्नो कब्जा गरेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

भारतले पछिल्लो २० दिनमा ६ नयाँ पहाडमाथि कब्जा जमाएको बताएको हो । भारत र चीनबीचमा गत जून १५ मा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

त्यस्तै पछिल्लो झडप २८ अगस्टमा भएको हिंसामा १ भारतीय सैनिकले ज्यान गुमाएका थिए । त्यसपछि भारत र चीन सरकारबीच सीमामा तनावपूर्ण अवस्था रहेको छ ।

दुबै देशहरुे सीमामा आफ्नो सैन्य शक्ति बढाएका छन् भने लडाकू विमानहरु तैनाथ गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?