बढ्यो खतरा : चीनको यो ल्याबबाट लीक भयो कोरोना भाइरस !

काठमाडौं । चीनको विशेष प्रशासनिक क्षेत्र हङकङको एक ल्याबबाट कोरोना भाइरस लीक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Coronavirus

यो घटना पछि स्टाफलाई क्वारेन्टाइन गरिएको थियो । express.co.uk को रिपोर्टका अनुसार ल्याबमा भाइरस लीक भएपछि हङकङमा फेरि कोरोनाको मामिला बढ्न सक्ने बताइएको छ ।

Coronavirus

हङकङमा कोरोनाको दोश्रो लहर पहिलै आईसकेको छ । रिपोर्टका अनुसार हङकङ यूनिभर्सिटीको पब्लिक हेल्थ स्कूल ल्याबमा कोरोना भाइरसबाट एक रिसर्चर संक्रमित भएका छन् ।

Xi Jinping

रिसर्चरका कारण अन्यमा कोरोना भाइरस फैलिएको बताइएको छ । तर हङकङ यूनिभर्सिटीले भाइरस लीकको आरोपमाथि इन्कार गरेको छ ।

Coronavirus

यूनिभर्सिटीले कोरोना भाइरसको टेसटमा अन्य रिसर्चर नेगेटिभ पाइएको बताएका छन् । डेली एक्सप्रेसमा छापिएको रिपोर्टका अनुसार यूनिभर्सिटीका ४१ स्टाफलाई क्वारेन्टाइन गरिएको छ ।

Coronavirus

ल्याबको आसपासको वातावरणमा गरिएको ३७ स्याम्पल परीक्षणमा १४ स्याम्पल पोजेटिभ पाइएको छ । ल्याबमा कथित रुपमा संक्रमण नफैलिने कोरोनाको बारेमा रिसर्च चलिरहेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?