काठमाडौं । कोरोना भाइरसको महमारी अहिले सारा विश्व्मा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ६५ हजार ३६ जनाको मृत्यु भएको छ भने ३ करोड १२ लाख २८ हजार ४९० जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड २८ लाख २१ हजार ३११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६१ हजार २४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेका छन् ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ४ हजार ११८ जनाको मृत्यु भएको छ भने ७० लाख ४ हजार ७६८ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४२ लाख ५० हजार १४० जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ५० हजार ५१० जना उपचाररत छन् । त्यस्तै १४ हजार २० जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।
यसैबीच अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १५ हजार १८ जनाको मृत्यु भएको छ भने ७ लाख ८६ हजार ४४१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा अहिलेसम्म १५ हजार २०६ जनाको मृत्यु भएको छ भने ७ लाख २५ हजार ३८४ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ६ लाख ८३ हजार ७५४ जनालाई कोरोना संक्रमण भएको छ भने १३ हजार ३०३ जनाको मृत्यु भएको छ ।
त्यस्तै अमेरिकामा आईतवार ३३ हजार ३४४ जना नयाँ संक्रमित थपिएका छन् भने २९४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया