काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरको जनजीवनका साथै अर्थतन्त्र नराम्ररी प्रभावित बनेके छ । भाइरसबाट हालसम्म ३ करोड ११ लाख बढी मानिसहरु संक्रमित भइसकेका छन् ।
यस्तै हालसम्म ९ लाख ६३ हजार ३१८ जनाको मृत्यु हुँदा २ करोड २७ लाख १४ हजार बढी निको भइसकेका छन् । यस्तै हाल ७४ लाख बढीको उपचार भइरहेको पनि समाचारमा जनाइएको छ ।
संक्रमणका हिसावले सबैभन्दा धेरै प्रभाव अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ६९ लाख ८५ हजारबढी संक्रमित भइसकेका छन् भने २ लाख ४ हजार बढीको मृत्यु भइसकेको छ।
यस्तै अमेरिकापछि सबैभन्दा धेरै प्रभाव भारतमा छ । भारतमा हालसम्म साढे ५४ लाखको हाराहारीमा संक्रमित रहेका छन् ।
त्यसपछि तेस्रो स्थानमा ब्राजिल, चौथोमा रसिया, पाँचौँमा पेरु, छैटौँमा कोलोम्बिया, सातौँमा मेक्सिको, आठौँमा साउथ अफ्रिका, नवौँमा स्पेन तथा दशौँ स्थानमा अजेन्टिना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया