काठमाडौं – गत वर्ष डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ को कारण विश्व आक्रान्त छ । एकबाट अर्को हुँदै विश्वका २ सय १५ मूलुकमा भयावह महामारीको रुपमा स्वास्थ्य क्षेत्रकै सबैभन्दा ठूलो चुनौति बनेर उभिएको कोरोना भाइरस शुरु भएको ९ महिना बितिसकेको छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुके मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्तमित बनिरहेका छन् । तर यसविरुद्धको भ्याक्सिन र औषधीहरु नबनेका कारण मानिसहरुलाई सामान्य दैनिकीमा निस्कन कठिन परिरहेको छ । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा अहिलेसम्म सफलता हात पार्न सकेका छैनन् ।
यसैबीच कोरोना प्रभावित देशहरुले ‘अनिवार्य मास्कको प्रयोग, साबुनपानीले हात धुन /यदी त्यसको उपलब्धता छैन भने सेनिटाइजरको प्रयोग गर्न, अनिवार्य कामबाहेक बाहिर ननिस्कन’ भनिरहेका छन् । कतिपय देशले यी नियमको बर्खिलापमा हिँड्नेविरुद्ध सजायको पनि व्यवस्था गरेको छ । यसैबीच बेलायतमा कोरोना संक्रमित पोजिटिभ भएकाहरुले ‘सेल्फ आइसोलेसनमा’ नबसेको पाइएमा १० हजार पाउण्ड जरिवाना तिर्नुपर्ने नियम बनाईएको छ ।
कोरोना महामारीमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्वका मेडिकल माफियाहरुसँगै तिनका मतियारहरु सक्रिय भएको र विश्वलाई गुम्राहमा राखेर दु:ख दिईरहेको भन्दै यो भाइरस सामान्य फ्लूबाहेक केहि होईन भनेर मानिसहरु कतै विरोध त कतै प्रदर्शनमा उत्रेका बेला बेलायतले ल्याएको नयाँ नियममा भनेको छ, “कोरोना संक्रमित पोजिटिभ भएकाहरुले सेल्फ आइसोलेसनमा बस्नुपर्छ यदी नबसेको अवस्थामा १० हजार पाउण्ड जरिवाना तिर्नुपर्छ ।”
कोरोना भाइरस कोभिड–१९ बाट युरोपमा सबैभन्दा बढी प्रभावित बेलायतमा कोरोनाको दोस्रो लहर सुरु भएको बताइएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा भाइरसको दोस्रो लहर वेभ आइसकेको बताउँदै सरकारले थप कडाइ गर्न विचार गरिरहेको यसअघि नै बताएका थिए ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया