अमेरिकामा ह्वात्तै घटे कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म ९ लाख ६१ हजार३७३ जनाको मृत्यु भएको छ भने ३ करोड ९ लाख ८२ हजार २४९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड २५ लाख ८२ हजार ५८० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६१ हजार ३९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ३ हजार ८२४ जनाको मृत्यु भएको छ भने ६९ लाख ६७ हजार ४०३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४२ लाख २३ हजार ६९३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ३९ हजार ८८६ जना उपचाररत छन् । त्यस्तै १४ हजार ८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १४ हजार ९८७ जनाको मृत्यु भएको छ भने ७ लाख ८३ हजार ६५७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा ७ लाख २० हजार २८१ ज्नालाई संक्रमण भएको छ भने १५ हजार १७२ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म १३ हजार २९२ जनाको मृत्यु भएको छ भने ६ लाख ८१ हजार २३३ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा शनिवार ४२ हजार ५३३ जना संक्रमित थपिएका छन् भने ६५७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?