काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ५८ हजार ७ सय ८९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ८ लाख ६३ हजार ८ सय २ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट २ करोड २४ लाख ६६ हजार १ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ४ सय ८२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८६ हजार २ सय ५ पुगेको छ । बितेको २४ घण्टामा ६१ हजार ८ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५३ लाख ६७ हजार ३ सय ६१ पुगेको छ ।
हालसम्म ४२ लाख ६५ हजार ७ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ सय ८० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया