काठमाडौं । दिल्ली प्रहरीले जासूसीको अभियोगमा एक नेपाली पूरुष र चिनियाँ महिलालाई पक्राउ गरेको जानकारी शनिबार दिएको छ ।
उनीहरुविरुद्ध जासूसीको जालो खडा गरेर स्वतन्त्र पत्रकार राजीव शर्मामार्फत काम गरेको आरोप छ ।
यसअघि १४ सेप्टेम्बरमा सुरक्षा तथा विदेश मामिला हेर्ने भारतीय पत्रकार शर्मालाई दिल्लीस्थित स्पेशल सेलले पक्राउ गरेको थियो । उनीविरुद्ध सुरक्षा दृष्टीले महत्वपूर्ण दस्तावेजहरुको जासूसी गरेको अभियोग थियो । प्रहरीका अनुसार उनले ती दस्तावेजहरु चिनियाँ महिला र नेपाली पूरुषलाई उपलब्ध गराउने गरेका थिए । त्यसबापत उनीहरुमार्फत ती पत्रकारले राम्रो रकम पनि पाउने गरेका थिए ।
प्रहरीले पक्राउ परेकी चिनियाँ महिला र नेपाली पूरुषको नाम भने सार्वजनिक गरेको छैन । उनीहरुको साथबाट ठूलो परिमाणमा मोबाइल सेट, ल्यापटपसहितका महत्वपूर्ण सामाग्रीहरु बरामद गरिएको प्रहरीको भनाई छ । बरामद गरिएका मोबाइल तथा ल्यापटपलाई रिकभर गरेर थप अध्ययन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
को हुन् शर्मा ?
दिल्लीको पिताम्पुरा निवासी राजिव शर्माले यसअघि युनाइटेड न्युज अफ इन्डिया, द ट्रिब्युन, फ्रि प्रेस जर्नल र अन्य धेरै पत्रिकामा लेखिसकेका छन् । उनी दुुई देशकदेखि सुरक्षा र वैदेशिक मामिला विटमा कलम चलाउँछन् । पत्रकार आदित्य राज काउलका अनुसार शर्माले चिनियाँ पत्रिका ग्लोबल टाइम्समा पछिल्लो केही वर्षदेखि स्तम्भ लेख्दै आएका थिए, ग्लोबल टाइम्स चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र हो ।
केही समयअघि मात्रै उनले बेइजिङ र दिल्लीले वार्ताका लागि नयाँ रोडम्याप अघि सार्नुपर्ने तर्क गर्दै ग्लोबल टाइम्समा लेख लेखेका थिए । ग्लोबल टाइम्ससँगै उनले बामपन्थी निकट पत्रिका द क्विन्ट, डेली जिरोलगायतमा पनि लेख्ने गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया