काठमाडौं, २६ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले हिंसाको संस्कृतिलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् ।मन्त्री थापाले मानव हिंसालाई हटाउन पशु हिंसालाई तत्काल अन्त्य गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।शाकाहारीको माध्यामबाट हिंसाजन्य गतिविधिलाई अन्त्य गर्दै विश्वमा बढ्दो भोकमरीलाई हटाउन सघाउ पुग्ने पनि स्पष्ट पारिन् ।शनिबारबाट काठमाडौंमा सुरु भएको एशीया प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलनमा बोल्दै मन्त्री थापाले गरिवी हटाउन र भोकमरीको समस्याबाट छुटकारा पाउन पनि शाकाहारी संस्कृतिलाई अवलम्बन गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिइन् ।२ दिनसम्म चल्ने सम्मेलनमा शाकाहारीको माध्यामबाट मानव जीवनमा पार्ने सकारात्मक प्रभावका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया