म्याग्दी, २६ फागुन । जिल्लाको बेनी नगरपालिका– ४ सिंगा तातोपानीका कपडा व्यवसायी विगत १० दिनदेखि बेपत्ता भएका छन् ।गत फागुन १५ गते फेन्सी सामान खरिद गर्न काठमाडाँै हिँडेका मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ स्थायी घर भई तातोपानीमा व्यवसाय गर्दै आइरहेका ५० वर्षीय छयोन्तेन गुरूङ बेपत्ता भएका हुन् । घरबाट सामान खरिदका लागि हिँडेकै दिनदेखि नै मोबाइलमा सम्पर्क नभएपछि जिल्लाका विभिन्न स्थानका साथै मुस्ताङ र पोखरामा समेत खोजी कार्य गर्दा नभेटिएपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए । “उहाँको फोन पनि लाग्दैन, धेरै ठाउँमा खोजी कार्य गरियो”, श्रीमती हिमा लामा गुरूङले भने ।श्रीमती गुरुङका अनुसार मोबाइलमा सम्पर्क नभएपछि आफन्तको सहयोगमा खोजी कार्य गरिएको छ । “खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गर्दछु”, लामाको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले भने । उनका अनुसार जिल्लाभित्र तस्वीरसहित हुलियाका बारेमा जानकारी भइसकेको छ । विगतमा काठमाडाँैमा कपडाको सामान लिने पसल, आफन्त तथा पोखरामा समेत खोजी कार्य भए पनि गुरुङ भेटिएका छैनन् । बेपत्ता गुरूङ गहुँ गोरो, अन्दाजी ५.५ फिट उचाइ, थेप्चो नाक र छाप्रो टोपी र कालो ज्याकेट लगाएको प्रहरीले जनाएको छ । यसैबीच तातोपानीका स्थानीयले समेत गुरूङको खोजी कार्य शुरु गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया