काठमाडौं । भारतको केरलीस्थित केरलाबागमा बस्ने एक व्यापारी अमर सिंह साहू (३०) ले शुक्रवार श्रीमतीसँग विवाद हुँदा आफैँलाई गोली हानेका छन् ।
घरका सदस्यले अस्पताल लिएर जाँदाजाँदै उनको बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । त्यस बेला उनका ससुरालका सदस्य पनि उनकै घरमा रहेको बताइएको छ ।
उनी एक किराना व्यापारी थिए । छोरो नभएपछि उनले आफ्ना भाइृका छोरालाई सानैमा आफूले राखेका थिए । केहि महिना यता श्रीमान श्रीमतीको बीचमा झगडा भईरहन्थ्यो ।
शुक्रवार पनि उनीहरुको बीचमा विवाद भएको थियो । जसका कारण श्रीमतीको घरमा थाहा भएपछि उनीहरु छोरीलाई लिन आएका थिए ।
श्रीमतीले त्यो बेला माइत जान्छु भन्दै जिद्दी गरेपछि उनले आफैँलाई गोली हानेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया