स्कूटीसँगै जीवितै जले युवक, मागेका थिए साथीको स्कूटर !

काठमाडौं । भारतको राजस्थान स्थित सीकर जिल्लामा एक सनसनीपूर्ण खबर बाहिरिएको छ ।

सीकर जिल्लाको पिपरालीस्थित पलासिया गाउँमा एक युवक एक स्कूटीसहित जिउँदै जलेका छन् । यो घटना शुक्रवार साँझको हो ।

घटनास्थलमा पुलिस पुग्दा युवक जलिरहेको पाइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त युवकको नाम शुभकरण स्वामी रहेको बताइएको छ ।

उनले साथीसँग स्कूटीमागेर गएका थिए । उनको योजनाबद्ध तरिकाले हत्या गरिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?