काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँको संख्यामा मानिसहरु मरिरहेका छन् भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

यसैबीच चीनले अब बच्चा र किशोरहरुमा आफ्नो प्रायोगिक कोरोना भ्याक्सीनको क्लिनीकल ट्रायल शुरु गर्ने भएको छ ।

रिपोर्ट्सका अनुसार चीनको फार्मा कम्पनी सिनोभ्याक बायोटेकले यो योजना बनाएको हो । जसको ट्रायल पहिलैबाट वयस्कमा भईरहेको छ र अन्तिम चरणमा रहेको छ ।

सिनोभ्याक बायोटेकका अनुसार कुल ५५२ स्वस्थ प्रतिभागी रहनेछन् । जसको उमेर १७ वर्षसम्मको हुनेछ । उनीहरुलाई यस भ्याक्सीनको डोज दिइनेछ ।

जसमा केहि दिनको फरक राखिनेछ । यो ट्रायल उत्तरी चीनको प्रान्त हेबैमा सेप्टेम्बर २८ बाट शुरु हुनेछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिनोभ्याकका प्रवक्ताले यसको लागि स्विकृति पाइसकेको बताएका छन् ।चीनमा थोरैमा १० हजार मानिसहरुमाथि यसको प्रयोगात्मक परीक्षण गरिसकिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया