घोडाको एन्टीबडीबाट कोरोना संक्रमितको उपचार गर्ने तयारी, ट्रायल हुँदै

काठमाडौं । अमेरिकी वैज्ञानिकहरुले घोडाको एन्टीबडबिाट कोरोना संक्रमित मानिसहरुको उपचार गर्ने तयारी पुरा गरेका छन् ।यहि महिनाबाट २६जना संक्रमितमा सको ट्रायल गरिने बताइएको छ ।

ट्रायलको लक्ष्य संक्रमण घटाउने र गम्भीर बिरामीको स्वास्थ्य अवस्थामा सुधार ल्याने रहेको छ । अमेरिकाको क्रोस्टारिका यूनिभर्सिटीले यसको रिसर्च गरेको हो ।

यदि ट्रायलको रिजल्ट राम्रो आएमा यसबाट ठूलो संख्या संक्रमितहरुलाई उपचार गर्न सकिनेछ । रिसर्चर्सका अनुसार उनीहरुसँग रहेका ११० वटा घोडामध्ये पहिला ६ वटाको प्रयोग गरिनेछ ।

यी घोडामा चीन र बेलायतबाट मगाइएको कोरोना भाइरस लगाइनेछ । केहि हप्ता पछि तिनिहरुमा एन्टीबडी तयार हुनेछ ।

फेरि तिनीहरुको ब्लडबाट प्लाज्मा लिएर त्यसमा रहेको एन्टीबडीलाई कोरोना पीडितमा इजेक्ट गरिनेछ । यसले संक्रमितलाई कोरोनासँग लड्नको लागि इम्यून रेस्पोन्स बढाउनेछ र भाइरस नष्ट गर्न सहयोग गर्नेछ ।

प्रोजेक्ट हेड अल्बर्टो आल्प भन्छन्, यूनिभर्सिटीसँग जोडिएका क्लोडिमिरो पिकाडो इन्स्टीट्यूटमा ट्रायल हुन्छ । हामीलाई आशा छ कि, जबसम्म कोरोना भ्याक्सीन आउँदैन त्यो बेलासम्म यसले काम गर्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?