कोरोना कहर : कोरोना संक्रमण मुक्त हुनेको हिसावमा अमेरिकालाई पछि पार्दै भारत पहिलो नम्बरमा

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ५६ हजार ३५० जनाको मृत्यु भएको छ भने ३ करोड ६ लाख ९० हजार ५७६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ करोड २३ लाख ३३ हजार ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ४०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ८५ हजार ६२५ जनाको मृत्यु भएको छ भने ५३ लाख ५ हजार ४७५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४२ लाख ५ हजार २०१ जना संक्रमण मुक्त भएका छन् भने १० लाख १४ हजार ६४९ जना उपचाररत छन् । भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।

भारतमा शुक्रवार मात्रै ९२ हजार ७८९ जना संक्रमित थपिएका छन् भने १ हजार २२१ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितहरु अमेरिकामा भन्दा धेरै संक्रमण मुक्त भएका छन् ।

अमेरिकामा अहिलेसम्म ४१ लाख ९१ हजार ८९४ जना संक्रमण मुक्त हुँदा भारतमा ४२ लाख ५ हजार २०१ जना संक्रमण मुक्त भईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?