काठमाडौं । पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म पाकिस्तानमा कोरोनाको कारण ६ हजार ४ सय ८ जनाको ज्यान गएको र ३ लाख ४ हजार ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म कुल संक्रमित मध्ये २ लाख ९१ हजार ६ सय ८३ जना कोरोना उपचारपछि निको भएर फर्किएको र पछिल्लो २४ घण्टामा थप ९ जनाको ज्यान गएको तथ्यांकले देखाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ५३ हजार ७ सय ७७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ५ लाख ८४ हजार ६ सय ९० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड २२ लाख ४३ हजार ९ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार १ सय ८४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया