अमेरिकामा कोरोना भयावह : २ लाख २ हजार बढीको गयो ज्यान

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ५३ हजार ५ सय ६२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ५ लाख ८१ हजार २ सय २० जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट २ करोड २२ लाख ४१ हजार ४ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार १ सय ५४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख २ हजार ६ सय २१ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १९ हजार २ सय ३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ९३ हजार ८ सय ७९ पुगेको छ ।

हालसम्म ४१ लाख ७० हजार २ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार २ सय २६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?