भारतमा ५२ लाख ७४ हजार बढीमा देखियो कोरोना संक्रमण

काठमाडौं । भारतमा कोरोनाभाइरस ५२ लाख ७४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

भारतमा शुक्रबार मात्रै ६१ हजार ९२० जनामा संक्रमण पुुष्टि भएको छ। यस्तै हालसम्म ८५ हजार १०२ जनाको मृत्यु समेत भएको छ ।

भारतको तुलनामा पछिल्लो समय अन्य देशमा भने संक्रमणदर न्यून देखिएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण ९ लाख ५३ हजार २९ जनाको ज्यान गएको छ । भने हालसम्म विश्वभर ३ करोड ५ लाख ३६ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म विश्वभरबाट २ करोड २२ लाख ६ हजार ५ सय ३८ जना कोरोना निको भइ घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?