एकीकृत पार्टीको अन्तरिम विधान मस्यौदा, १७ अध्याय र ७७ दफा

काठमाडौँ, २६ फागुन-एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनको ढाँचा तय गर्न गठित कार्यदलले १७ अध्याय र ७७ दफा रहेको अन्तरिम विधान छलफलका लागि प्रस्ताव गरेको छ ।एमाले र मओवादी नेता सम्मिलित कार्यदलको शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकले एकीकृत पार्टीको मस्यौदा विधान छलफलका लागि प्रस्ताव गरेको हो ।विधानको प्रस्तावनादेखि सबै दफाको मस्यौदा बने पनि केन्द्र, प्रदेश, जिल्लालगायतको सांगठनिक संरचना कति सदस्यीय रहने उल्लेख छैन । बैठकले एमाले महासचिव ईश्वर पोखरेलको प्रस्तावअनुसार विधान छलफलका लागि विधि तय गरेको छ, नयाँ पत्रिकाले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?