चीनसँगको तनावकाबीच भारतले थाल्यो तयारी !

काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमामा दुबै देशबीच तनाव चरम उत्कर्षमा पुगेको छ ।

यसै वर्षको गत जून १५ मा भएको पहिलो हिंसात्मक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए भने पछिल्लो झडप २९ अगस्टमा एक भारतीय सैनिकको ज्यान गएको थियो ।

त्यसपछि दुर्बै देशबीच झनै तनावपूर्ण अवस्था रहेको छ ।यसैबीच दुबै देशले सीमामा सुरक्षार्थ तयारी तीव्र बनाएका छन् ।

भारतीय सेना त्यहाँ बोफोर्स होवित्जर तोप तैनथ गरिरहेको छ । साथै वायुसेनाले ट्रान्सफोर्ड एयरक्राफ्ट सी १७ ग्लोबमास्टर र आईएल ७६ ल्यूशिनलाई तैनथ गरेको छ ।

साथै चिनियाँ सैनिकले पनि आफ्नो तयारी तीव्र बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?