काठमाडौं । भारतको पश्चिम बंगालमा पञ्चायत सदस्यका ९ वर्षका छोरालाई अपहरण गरेर उनको हत्या गरेको छ ।

अपहरणकारीहरुले तीन कक्षामा पढ्ने बालकलाई हात खुट्टा बाँधेर जीवितै नहरमा फलेका हुन् ।

पञ्चायत सदस्य बुद्धदेव दोलुईका ९ वर्षका छोरा सन्दीप दोलुईलाई बुधवार राती गाउँबाट तीन युवकले अपहरण गरेर लगेका थिए ।

अपहरणपछि उनीहरुले ७ लाख पैसा मागेका थिए । पैसा नपाएपछि उनीहरुले बच्चाको हात खुट्टा बाँधेर जीवितै नदीमा फालेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया