काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसक कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसका ेमृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित भएका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा देखिएको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच रुसको विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भनिएको स्पूतनिक भी माथि एकपटक फेरि शंका उत्पन्न भएको छ ।

ट्रायलमा सहभागी बनेका सात जना भ्यालेन्टियर्स मध्ये १ जनामा साइड इफेक्ट देखिएको हो । यो खुलासा रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले गरेका हुन् ।

मुराश्कोले मस्को टाइम्ससँग दिएको अन्तर्वार्ताका क्रममा भ्याक्सीन लिएका १४ प्रतिशतमा यसको साइड इफेक्ट देखिएको बताएका हुन् ।

भ्याक्सीन लिएर साइड इफेक्ट भएकाहरुलाई शरीर कमजोर बन्ने, मांशापेशीमा दुख्ने जस्ता साइड लक्षण देखिएका थिए । तर भोलिपल्ट उनीहरु आफैँ ठिक भएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया