काठमाडौं । एस्टाजेनेका र अक्सफोर्ड यूनिभर्सिटीले संयुक्त रुपमा मिलेर बनाएको कोरोनाविरुद्धको भ्याक्सीनको ट्रायलमा एक भ्इालेन्टियर्सलाई भएको साइड इफेक्ट भ्याक्सीनको कारण नभएको खुलेको छ ।
यो कुराको खुलासा अक्सफोर्ड यूनिभर्सिटीको श्रोत दिँदै समाचार एजेन्सी रोयटर्सले आफ्नो रिपोर्टमा बताएको छ ।
केहि दिन अगाडि ट्रायलका क्रममा एक महिला भ्यालेन्टियर्समा नराम्रो प्रभाव देखिएको भन्दै भ्याक्सीनको ट्रायल रोकिएको थियो ।
AstraZeneca's trial illnesses may not be due to COVID-19 shot, reports Reuters quoting Oxford University.
— ANI (@ANI) September 16, 2020
अहिले फेरि ट्रायल शुरु भईसकेको छ । ६ सेप्टेम्बरमा बेलायतमा भईरहेको अक्सफोर्डको कोरोनाविरुद्धको भ्याक्सीनको ट्रायल रोकिएको थियो ।
अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सीनको ट्रायल बेलायत, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा फेरि शुरु भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया