काठमााडौं । दक्षिण चीन सागरमा विवाद चरमउत्कर्षमा पुगेको छ ।
बितेको केहि महिना यता अमेरिकासहित भारत, ताइवान, थाईल्याण्ड र अमेरिकासँग चीनको दक्षिण चीन सागरमा विवाद बढ्दै गईरहेको हो ।
चीनले उक्त क्षेत्र १ हजार वर्ष पहिलाबाट आफ्नो भएको बताउँदै आएको छ भने अमेरिका उक्त क्षेत्रमा सबै छिमेकी देशहरुको अधिकार बराबरी रहेको बताउँदै आईरहेको छ ।
जसका कारण पछिल्लो समय तनाव बढ्दै गईरहेको छ ।अमेरिका र चीनको साथै दक्षिण चीन सागरमा अब अन्य देशहरु पनि सहभागी बन्दै गईरहेका छन् ।
यसैबीच इण्डोेनेशियाले आफ्नो आर्थिक क्षेत्रमा एक चिनियाँ गश्ती जहाज पसे पछि त्यसलाई लखेटेको बताएको छ । जसका कारण दुबै देशको बीचमा तनावपूर्ण अवस्था बनेको छ ।
त्यस क्षेत्रमा चीनका युद्धपोतको गतिविधिलाई देखेर इण्डोनेशियाले पनि आफ्ना युद्धपोत तैनाथ गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया