कोरोनाबाट गम्भीर बिरामी हुनेको संख्या कम हुँदै, कतै यो त होइन कारण ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ५० हजार ३७७ जनाको मृत्यु भएको छ भने ३ करोड ३ लाख ३८ हजार ६१४ जनालाई कोरोना संक्रमण भएको छ ।

Coronavirus

त्यस्तै २ करोड २० लाख २८ हजार १३० जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार १७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच फेस मास्कको काम मानिसलाई भाइरस र अन्य प्रदूषित कणबाट बचाउने हो ।

यसै कारण कोरोना महामारीमा मानिसलाई फेस मास्क लगाउन वैज्ञानिकहरुले सल्लाह दिईरहेका छन् । तर फेस मास्कको गल्तीबाट मानिसमा कम मात्रामा भाइरस पुगिरहेको छ ।

Coronavirus

जसबाट मानिसहरु अत्याधिक बिरामी नभएका र इम्यून पनि बढीरहेको छ । केहि एकेडमिक्सले न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनको लेखमा यो दाबी गरिएको छ । तर डाक्टरले यो नयाँ थ्योरी भएको र यसमा स्टडी गर्न आवश्यक रहेको बताएका छन् ।

ब्रिटिश टेलिग्राफको रिपोर्टका अनुसार एकेडमिक्सले फेस मास्कले अन्जानमै इम्यूनिटी दिईरहेको बताइएको छ । यसका कारण मानिसहरु कोरोनाबाट थोरै मात्र बिरामी भईरहेका छन् ।

Coronavirus

साइन्टिफिक रुपमा अहिले यो थ्योरी साबित भईसकेको छैन । तर एडेकमिक्सले यो नयाँ थ्योरी साबित गर्न सकिने आशा राखेको छ ।

Coronavirus

एकेडमिक्सले मास्क लगाएका कारण मानिसहरु बिना लक्षणका संक्रमित बनिरहेको बताएको छ ।किनभने मास्कको कारण भाइरस मानिसमा कम पुगेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?