काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ४८ हजार ३ सय २० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड २३ लाख ३४ हजार ८ सय ४३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड १९ लाख ४० हजार २ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ३ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख १ हजार ७ सय ३६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १५ हजार ८ सय ७३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६८ लाख ४४ हजार १ सय ७४ पुगेको छ । हालसम्म ४१ लाख ३३ हजार ४ सय २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार १ सय ५१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ८८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ४० पुगेको छ । बितेको २४ घण्टामा ८९ हजार ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५२ लाख ५ हजार ७ सय ६० पुगेको छ । हालसम्म ४० लाख ९ हजार २ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय १ सय १० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ८ हजार ५ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४४ लाख ३० हजार २ सय २७ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३४ हजार ३ सय ६३ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३७ लाख २० हजार ३ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ८९ जनाको ज्यान गएको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९ हजार ६१ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ७ सय ६२ जनामा कोरोना पुष्टि भएको र १ सय ४४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ५ हजार २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ९५ हजार ८ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा ३१ हजार ५१ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख ४४ हजार ४ सय जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ८७ हजार ७ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ५२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया