काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ४८ हजार ३ सय २० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड २३ लाख ३४ हजार ८ सय ४३ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट २ करोड १९ लाख ४० हजार २ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ३ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ८ हजार ५ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४४ लाख ३० हजार २ सय २७ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३४ हजार ३ सय ६३ जनाको ज्यान गएको छ ।
वल्डोमिटरको तथ्यांक अनुसार ३७ लाख २० हजार ३ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ८९ जनाको ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया