अमेरिकाले आफ्ना सबै नागरिकलाई ‘फ्रि’मा दिने भयो कोरोनाविरुद्धको भ्याक्सीन

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँको संख्यामा मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु ओरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच कोरोनाबाट अत्याधिक प्रभावित रहेको अमेरिकामा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प प्रशासनले कोरोनाविरुद्धको भ्याक्सीन आफ्ना नागरिकहरुलाई फ्रिमा दिने बताएको छ ।

कोरोनाको टिका वितरण सबै नागरिकका लागि जनवरीको शुरुवातबाट हुने भएको छ । अमेरिकाको स्वास्थ्य र मानव सेवा विभाग र रक्षा विभागले संयुक्त रुपमा बुधवार यस योजनाको दस्तावेज जारी गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?