काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म ९ लाख ४५ हजार ५१ जनाको मृत्यु भएको छ भने ३ करोड ३० हजार ८३९ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।
त्यस्तै २ करोड १७ लाख ९७ हजार ९१८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६१ हजार २२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना संक्रमणका कारण अहिलेसम्म ८३ हजार २३० जनाको मृत्यु भएको छ भने ५१ लाख १५ हजार ८९३ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४० लाख २२ हजार ४९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १० लाख १० हजार ६१४ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा बुधवार हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । बुधवार मात्रै भारतमा ९७ हजार ८५९ जनालाई संक्रमित भएका छन् भने त्यस्तै १ हजार १३९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया