काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ४२ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९९ लाख १५ हजार १ सय २२ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड १६ लाख ४ हजार २ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय ६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख ७ सय २० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ११ हजार ८ सय ४३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६७ लाख ९९ हजार ९ सय ९० पुगेको छ । हालसम्म ४० लाख ८६ हजार ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार १ सय ६० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय २३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८३ हजार २ सय ६ पुगेको छ । बितेको २४ घण्टामा ९३ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५१ लाख ११ हजार ८ सय २४ पुगेको छ । हालसम्म ४० लाख १७ हजार ५ सय ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार १ सय १५ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ८ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४३ लाख ९२ हजार ३ सय ५१ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३३ हजार ३ सय ५१ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३६ लाख ७१ हजार १ सय २८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ४८ जनाको ज्यान गएको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १८ हजार ९ सय १७ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ६ सय ७० जनामा कोरोना पुष्टि भएको र १ सय ३२ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ७९ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ९० हजार १ सय १४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा ३० हजार ९ सय २७ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख ३८ हजार २० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ८० हजार ७ सय ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ६० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया