कोरोना भाइरसको उपचारमा वैज्ञानिकको ठूलो सफलता, बनाए अर्को भ्याक्सीन !

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले विश्वमा हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहर संक्रमित भईरहेका छन् ।

COVID-19

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता भने हात पार्न सकेका छैनन् ।

COVID-19

यसैबीच अमेरिकाको यूनिभर्सिटी अफ पिट्सवर्ग स्कूल अफ मेडिसिनका वैज्ञानिकहरुले कोरोना भाइरसबाट बच्नको र उपचारको लागि एक महत्वपूर्ण सफता हात पारेका छन् । वैज्ञानिकहरुले सबैभन्दा सानो बायोलोजिकल कोलेक्यूललाई अलग गरेको बताएका छ्न ।

COVID-19

जसले कोरोना भाइरसलाई न्यूट्रलाइज गर्दछ । नयाँ खोजिएको मोलेक्यूलबाट वैज्ञानिकहरुले एबी८ औषधि तयार पारेका छन् । यो वास्तवमा एक मोलिक्युल एन्टीबडीको भाग हो ।

यो सामान्य आकारको एन्टीबडी भन्दा १० गुणा सानो छ । मुसामा यसको औषधि परीक्षण गरिएको छ । जसलाई यो औषधि दिइएको छ ।

COVID-19

उसमा कोरोना संक्रमित हुने खतरा १० गुणा कम भएको पाइएको छ । यो मोलेक्यूल ह्युमन सेलसँग जोडिँदैन ।त्यसैले नेगेटिभ साइड इफेक्ट हुने खतरा हुँदैन् ।

यो ओषधि महत्वपूर्ण साबित हुने रिसर्चर्सको दाबी छ । यूनिभर्सिटी अफ पिट्सवर्गमा संक्रामक रोग विभागका प्रमुख र स्टडीका सह लेखक जोन मेलर्सले एबी८ले कोरोनाको उपचारमा एक थेरापीो काम मात्र नगरेर यो मानिसलाई कोरोना संक्रमित हुने खतराबाट मुक्त गराउन सक्ने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?