अक्सफोर्डको कोरोना भ्याक्सीनको ट्रायल अमेरिकामा रोक, वैज्ञानिक चिन्तित !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले विश्वमा हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहर संक्रमित भईरहेका छन् ।

Oxford coronavirus vaccine

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

Oxford coronavirus vaccine

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता भने हात पार्न सकेका छैनन् ।

Oxford coronavirus vaccine

यसैबीच अमेरिकामा भ्याक्सीन जाँच गर्न र स्विकृति दिने संस्थाले अक्सफोर्डको कोरोनाविरुद्धको भ्याक्सीनको ट्रायल नगर्न आदेश दिएको छ ।

अक्सफोर्डको भ्याक्सीनका कारण वैज्ञानिकहरु चिीन्तत रहेकोले यो आदेश दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Oxford coronavirus vaccine

भ्याक्सीनको सम्भावित साइड इफेक्टका कारण वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । अक्सफोर्डको भ्याक्सीन लगाएपछि बेलायतमा एक भ्यालेन्टियर्सको शरीरमा रिएक्शन देखिएको थियो ।

Oxford coronavirus vaccine

जसपछि ट्रायलमा अक्सफोर्डले अस्थायी रुपमा रोक लगाएको थियो । बेलायतमा अहिले उक्त भ्याक्सीनको ट्रायल गर्न स्विकृति दिइए पनि अमेरिकामा भने रोकिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?