‘आई लभ माई फ्यामिली’ भन्दै युवकले गरे आत्महत्या !

काठमाडौं । भारतको भोपालस्थित एक २३ वर्षका युवकले झुण्डिएर आत्महत्या गरेका छन् । विक्रम अहिरवार नाम गरेका ति युवक अवधीपुरीमा बस्ने गरेको बताइएको छ ।

आत्महत्या गर्नु अगाडि उनले परिवारका सबै सदस्यलाई एक इमोस्नल भिडियो शेयर गरेका थिए ।

भिडियोमा आमाबुवा, भाईबहिनीलाई इमोजीमा देखाएर आई लभ माई फ्यामिली लेख्दै आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

आत्महत्या भन्दा पहिला घरमा फोन गरेर हालखबर बुझेको बताइएको छ । मानसिक दबावका कारण आत्महत्या गरेको हुनसक्ने बताइएको छ ।

अहिले उक्त घटनाको अनुसन्धान भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?