काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुम फैलिसकेको छ ।
यसैबीच डरले चीनबाट अमेरिका भागेकी वैज्ञानिकले कोरोना भाइरस चीनमै बनेको प्रमाणसहित उपस्थित भएकी छन् । चीनले नै कोरोना बनाएको भन्ने प्रमणसहित वैज्ञानिक आएको यो पहिलो पटक हो ।
उनले अब तीन अन्य रिसर्चर्ससँग मिलेर प्रमाण पेश गरेकी छन् ।
डाक्टर ली मेन्ग यान नाम गरेकी ति वैज्ञानिकले यो भन्दा पहिला एक अन्तर्वार्तामा उनीसँग कोरोना भाइरस चीनले नै बनाएको हो भन्ने प्रमाण रहेको दाबी गरेकी थिइन् ।
चीनले भने यो सबै थ्योरी खारेज गर्दै आएको छ । हङकङ युनिभर्सिटीमा काम गर्ने समयमा उनले कोरोनामाथि रिसर्च गर्न शुरु गरेकी थिइन् ।
उनले ओपन एक्सेस रिपोजिटरी वेबसाइट ‘Zenodo’ मा भाइरससँग जोडिएका प्रमाण प्रकाशित गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया