विश्व कीर्तिमान कायम गराउन एक हजार ५०० पिन्ट रगत संकलन

काठमाडौं, २५ फागुन । लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले एक हजार ५०० पिन्ट रगत संकलन गरेका छन् ।एकै दिनमा एकै ठाउँमा आठ घण्टाभित्र रगत संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा विश्व कीर्तिमान कायम गराउन उनीहरुले सो प्रयास गरेका हुन् ।बिहीबार टुँडिखेलमा गरिएको उक्त रक्तदानमा विभिन्न उमेर समूहका मानिसले स्वेच्छिक रुपमा रक्तदान गरेको आयोजकले जानकारी दिएका छन् ।लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष अखिल श्रेष्ठले सो रक्तदानलाई विश्व कीर्तिमान कायम गर्न आजदेखि रक्तदानको प्रमाणसहित कार्य अगाडि बढाइने जानकारी दिँदै करिब डेढ महिनाभित्रमा त्यसको प्रमाणपत्र आउने बताए ।यसअघि भारतमा करिब ९०० पिन्ट रगत संकलन गरिएको भए पनि विश्व कीर्तिमानका लागि दाबी नगरिएको आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?