विज्ञानलाई जलवायु परिवर्तनको बारेमा केहि थाहा नभएको ट्रम्पको दाबी

काठमाडौं । आफ्नो बयानका कारण चर्चामा रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपटक फेरि एक बयानका कारण चर्चामा छन् ।

यो पटक उनी जलवायु परिवर्तनका बारेमा विज्ञानलाई थाहा नभएको बयान दिएर चर्चामा रहेका हुन् । उनले जलवायु परिवर्तनमा वैज्ञानिकको अनुमान सही नभएको बताएका हुन् ।

क्यालिफोर्नियामा लागेको आगोबाट क्षतिग्रस्त स्थलगत भ्रमण गर्न पुगेका ट्रम्पले यस्तो बताएका थिए । उनले त्यहाँको आगो अब बिस्तारै सकिँदै जाने बताएका छन् ।

उनले त्यहाँ पुगेर भने, मलाई लाग्दैन कि, विज्ञानलाई यस बारेमा केहि थाहा छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?