अमेरिकामा ह्वात्तै घटे कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ३२ हजार ७१५ जनाको मृत्यु भएको छ भने २ करोड ९४ लाख ४० हजार ४१४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ करोड १२ लाख ७४ हजार ९७४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार ७७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ९९ हजार जनाको मृत्यु भएको छ भने ६७ लाख ४९ हजार २८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४० लाख २७ हजार ८२६ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख २२ हजार ४६३ जना उपचाररत छन् । त्यस्तै १४ हजार १०४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १४ हजार ४६२ जनाको मृत्यु भएको छ भने ७ लाख ६५ हजार ७७९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा ६ लाख ९७ हजार ७३५ जनालाई संक्रमण भएको छ भने १४ हजार ५८२ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा १२ हजार ६४९ जनाको मृत्यु भएको छ भने ६ लाख ६५ हजार ७३० जनालाई संक्रमण भएको छ । त्यस्तै ३८ हजार ७२ जना संक्रमित थपिएका छन् भने ४८० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?