भारतमा सोमवार थपिए ८१ हजार बढी कोरोना संक्रमित, मृतक कति पुगे ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ३२ हजार ७१५ जनाको मृत्यु भएको छ भने २ करोड ९४ लाख ४० हजार ४१४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ करोड १२ लाख ७४ हजार ९७४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार ७७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ८० हजार ८०८ जनाको मृत्यु भएको छ भने ४९ लाख २६ हजार ९१४ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ३८ लाख ५६ हजार २४६ जना संक्रमण मुक्त भएका छन् भने ९ लाख ८९ हजार ८६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।

भारतमा सोमवार मात्रै ८१ हजार ९११ जना संक्रमित थपिएका छन् भने १ हजार ५४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?