यस्तो छ इरानमा कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । इरानमा पछिल्लो २४ घण्टामा ४ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ४ सय ७८ जना पुगेको छ ।

हालसम्म ८ हजार ८६ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार हालसम्म २ लाख २९ हजार १ सय ३२ जना कोरोना उपचारपछि निको भएर फर्किएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७२ जनाको मृत्यु भएको र ३ सय २९ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ३० हजार ९ सय २ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९३ लाख ४५ हजार ४ सय १७ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड ११ लाख ५९ हजार ९ सय ८३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ६ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?