काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख २८ हजार २६५ जनाको मृत्यु भएको छ भने २ करोड ९१ लाख ८० हजार ९०५ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड १० लाख २६ हजार ७७६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार ४६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ९८ हजार ५२० जनाको मृत्यु भएको छ भने ६७ लाख ८ हजार ४५८ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ३९ लाख ७४ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ३४ हजार ९८९ जना उपचाररत छन् । त्यस्तै १४ हजार ११३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यस्तै क्यालिफोर्नियामा १४ हजार ३८५ जनाको मृत्यु भएको छ भने ७ लाख ६२ हजार १५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ६ लाख ९१ हजार ५५३ जनाको मृत्यु भएको छ । त्यस्तै फ्लोरिडामा अहिलेसम्म ६ लाख ६३ हजार ९९४ जनालाई संक्रमण भएको छ भने १२ हजार ६१६ जनाको मृत्यु भएको छ ।
अमेरिकामा आईतवार ३१ हजार ८५७ जना नयाँ संक्रमित थपिएका छन् भने ३९२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया