पकिस्तानमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

काठमाडौं । पाकिस्तानमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय २६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख १ हजार ४ सय ८१ पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये २ लाख ८९ हजार ४ सय २९ जना कोरोना मुक्त भएका छन् । वल्डोमिटरको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र कोरोनाको कारण थप ६ जनाको ज्यान गएको र संक्रमितमध्ये ५ सय ३४ जनाको अवस्था गम्भीर रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख २६ हजार ९ सय १० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९१ लाख ७ हजार ९ सय ७० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड ९ लाख ४७ हजार ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय ६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?