काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख २६ हजार ८ सय २४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९० लाख ९५ हजार ९ सय १७ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट २ करोड ९ लाख ४२ हजार ७ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय २१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७९ हजार ६ सय ९० पुगेको छ । बितेको २४ घण्टामा ८६ हजार १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ लाख ३७ हजार ९ सय ५२ पुगेको छ ।
हालसम्म ३७ लाख ६७ हजार ५ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ७६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया