यस्तो छ अमेरिकामा कोरोना भयावहको पछिल्लो अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख २६ हजार ८ सय २४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९० लाख ९५ हजार ९ सय १७ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट २ करोड ९ लाख ४२ हजार ७ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय २१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९८ हजार २ सय ८९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १७ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६६ लाख ९४ हजार ४ सय ८६ पुगेको छ ।

हालसम्म ३९ लाख ५९ हजार २ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ३ सय ६६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ६१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?