किम जोङ उनको आलोचना गर्ने मन्त्रालयका पाँच अधिकारीलाई दिइयो मृत्युको सजाय !

काठमाडौं । उत्तर कोरियाका तानाशाह किम जोङ उनले आफ्नो आलोचना गर्ने अर्थमन्त्रालयका पाँच जना अधिकारीलाई मृत्युको सजाय दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अर्थव्यवस्थामाथि आलोचना गरेको भन्दै उनीहरुलाई मृत्युको सजाय दिइएको हो । दक्षिण कोरियाको साइट डेली एनका अनुसार उक्त पाँच अधिकारीहरुले एक पार्टीमा देशको अर्थव्यवस्थामाथि प्रश्न उठाएका थिए ।

साथै उनले किमको नीतिहरुमाथि आलोचना गरेका थिए । उनीहरलाई ३० जुलाईमा मृत्यु दिइएको बताइएको छ । त्यसति मात्रै होइन उनले सत्ताको लागि आफ्नै काकालाई १२० भोकाएका कुकुर सामू हालिदिएका थए ।

उक्त बेला ३०० शीर्ष अधिकारी रहेका थिए । उनले ६७ वर्षका काका थाएकलाई भोकाएका १२० कुकुरको बीचमा हालेका थिए ।

मृत्युमा प्रश्न उठाएकी थाएककी श्रीमतीलाई पनि विष दिएर उनले मारेका थिए । साथे किमले आफ्ना सौतेनी भाईलाई सन् २०१५ मा मलेशियाको एयरपोर्टमा विष खुवाएर मारेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?