काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता हात लाग्न सकेको छैन ।

यसैबीच चीनको भ्याक्सीन निर्माता कम्पनी चाइना नेशनल बायोटेक ग्रुपले आफ्नो भ्याक्सीनलाई एक सुरक्षित औषधि बताएको छ ।

अहिलेसम्म १ लाख भन्दा धेरैलाई भ्याक्सीन दिईसकिएको छ । जसलाई भ्याक्सीन दिइएको छ, उनीहरुमा कुनै साइड इफेक्ट नभएको बताइएको छ ।

चीनले आफूले बनाएको कोरोनाविरुद्धको भ्याक्सीन सुरक्षित रहेको दाबी गरेको हो । चीनले महामारी नियन्त्रणमा एक उदाहरण पेश गरेको छ ।

चीनबाट शुरुवात भएको कोरोना संक्रमण अहिले चीनमा लगभग शुन्य जस्तै भईसकेको छ ।
कम्पनीका सल्लाहकार झोउ सोंगले चीनले तत्काल उपयोगका लागि तीन वटा भ्याक्सीनलाई स्विकृति दिएको बताएका छन् ।जसमध्येको एक सीएनबीजी पनि रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया