भारतीय कोरोनाविरुद्धको ‘भ्याक्सीन’को जनावरमा ‘ट्रायल’ सफल

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता हात लाग्न सकेको छैन ।

यसैबीच भारतले बनाईरहेको कोरोनाविरुद्धको भ्याक्सीन कोभ्याक्सीनको रिजल्ट राम्रो देखिएको छ ।

हैदराबादको भारत बायोटेक कम्पनीको भ्याक्सीनलाई दोश्रो चरणको ट्रायलका लागि स्विकृति मिलेको छ । कम्पनीले जनावरमा गरेको भ्याक्सीनको ट्रायलमा आफू सफल भएको बताएको छ ।

कम्पनीले बाँदको ४ समूहमा भ्याक्सीनको ट्रायल गरेको थियो । १४ दिनमा उनीहरुलाई ३ फरक फरक भ्याक्सीन दिइएको थियो । १४ दिनपछि दोश्रो डोज दिइएको थियो ।

जसमा कुनै पनि साइड इफेक्ट नदेखिएको बताइएको छ ।दोश्रो चरणमा कम्पनीले ५० जनामा ट्रायल शुरु गर्नेछ ।
भारत कोरोना संक्रमितको हिसाबले विश्वको दोश्रो नम्बरमा रहेको छ ।

भारतमा अहिलेसम्म ७७ हजार ५०६ जनाको मृत्यु भएको छ भने ४६ लाख ५९ हजार ९८४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३६लाख २४ हजार १९६ जना संक्रमण मुक्त भएका छन् भने ९ लाख ५८ हजार २८२ जना उपचाररत छन् । भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?