काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन्, तर पूर्ण रुपमा सफलता भने हात पार्न सकेका छैनन् ।
यसैबीच उत्तर कोरियाका तानाशाह किम जोङ उनले देशमा कोरोना भाइरसको रोकथामका लागि चीनतिरबाट आउने सबैलाई गोली ठोक्न आदेश दिएका छन् ।
दक्षिण कोरियामा तैनाथ अमेरिकी फौजका कमाण्डरले शुक्रवार यो जानकारी दिएका हुन् । अहिलेसम्म उत्तर कोरियामा एउटा पनि कोरोनाको केस दखिएका छैनन् ।
जसका कारण कोरोनालाई नियन्त्रण गर्नका लागि यस्तो आदेश दिइएको बताइएको छ ।किनभने उत्तर कोरियामा स्वास्थ्य सेवा राम्रो छैन ।
उत्तर कोरियाले चीनसँग जोडिएका सीमा जनवरीबाटै बन्द गरेको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया