कोरोना कहर : भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख १९ हजार ५७५ जनाको मृत्यु भएको छ भने २ करोड ८६ लाख ४८ हजार ४८२ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ५ लाख ७४ हजार २५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार ८८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ७७ हजार ५०६ जनाको मृत्यु भएको छ भने ४६ लाख ५७ हजार ३७९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३६ लाख २१ हजार ४३८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ५८ हजार ४३५ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

भारतमा शुक्रवार मात्रै ९७ हजार ६५४ जना संक्रमित थपिएका छन् भने १ हजार २०२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?